Incident Reports

एमसीसीको विरोधमा माइतीघरमा प्रदर्शन

2021-09-08

काठमाडौँ: अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरोधमा काठमाडौँको माइतीघरमा प्रदर्शन भइरहेको छ । बुधबार संसद बैठक बस्ने तयारी भइरहँदा स्वतन्त्र युवा अभियन्ताहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् । कालो बस्त्र लगाएका युवाहरुको समूहले एमसीसी खारेज गर्नुपर्ने माग गर्दै नारावाजी सहित मार्चपास गरेका छन् ।काठमाडौँका विभिन्न स्थानमा यसअघि देखि नै एमसीसीको विरोधमा प्रदर्शन हुँदैआएको छ । सरकारले भने हिंसात्मक गतिविधि नहोस् भनेर माइतीघर, बानेश्वर लगायत स्थानमा ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ । बुधबार ४ बजे संसद बैठक बस्दैछ । संसदमा बिचाराधीन मुद्दाको रुपमा रहेको एमसीसीलाई अनुमोदन गर्नुपर्ने र अनुमोदन गर्न नहुने भन्दै विभिन्न राजनीतिक दलहरु पक्ष र विपक्षमा छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Foreign State
Actor 2 - Youth unknown
National/Online Media

0 Comments