Incident Reports

एमसीसीका उपाध्यक्ष फातिमा आउँदा विरोध गर्ने स्वागत नेपालसहित ६ जनालाई पक्राउ

2021-09-09

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी उपाध्यक्ष फातिमा सुमारको टाेली काठमाडौं आइपुगेकाे छ । फातिमाकाे टाेली आउँदा विरोध गर्ने क्रममा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसरले त्रिभुवन विमानस्थल बाहिरबाट अधिवक्ता स्वागत नेपालसहित ६ जनालाई पक्राउ गरिएको हो । उनीहरुले एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोली काठमाडौं आएपछि विरोध गरेका थिए । अधिवत्ता नेपालले टुइट गर्दै आफुलाई पक्राउ गरेर गाडी समेत नियन्त्रणमा लिएको जानकारी दिनु भएको छ ।

एमसीसीको सम्बन्धमा आवश्यक छलफल गर्नका लागि भन्दै उनीहरु काठमाडौं आइपुगेका टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुसाल लगायतलाई भेट गर्ने कार्यक्रम रहेको छ । नेपालमा एमसीसीको सम्बन्धमा पास गर्न हुने र नहुने सम्बन्धमा विवाद हुँदै आएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Secondary Form Detention of Protesters
Primary Cause Other political issues
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people Not Available
Actor 2 - Affiliation (Target) Foreign State
Actor 2 - Youth unknown
National/Online Media

0 Comments