Incident Reports

भारत पठाउन लागिएका चार बालिकाको उद्धार l

2014-07-30

Province 1, Ilam, Illam

Kokila Dhakal इलाम । ०७१ साउन १४ गते इलाम नगरपालिकास्थित चुरेघाँटीका चारजना बालिकाहरूलाई साउन १४ गते प्रहरीले उद्धार गरेर अभिभावकको जिम्मा लगाएको छ । सदरमुकामकै एक विद्यालयको कक्षा- ६ अध्ययनरत इलाम नगरपालिका- ८ की १२ वर्षीया उस्मिता त्रिखत्री, इलाम नगरपालिका- ८ कै १३ वर्षीया करिश्मा शिवा, सोही स्थानकी कक्षा -७ मा अध्ययनरत १२ वर्षीया सीता बसेल र कक्षा- ७ मा अध्ययनरत जुनु पौडेललाई प्रहरीले बरबोटे गाविसबाट उद्धार गरी अभिभावकको जिम्मा लगाएको इन्स्पेक्टर कविन्द्र कार्कीले बताए । उनीहरू साउन ९ गतेदेखि घरबाट बेपत्ता भएका थिए । बरबोटे गाविस- ४ स्थित सन्तमाया लोहारको घरमा फेला पारेर अभिभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । 'बालिकालाई पैसा कमाउने प्रलोभन देखाएर कसैले भारततर्फलान लागेको बुझिए पनि को व्यक्ति हो भन्ने कुरा अझै पत्ता लाग्न बाँकी छ, ' इन्स्पेक्टर कार्कीले भने ' घटनाको अनुसन्धान थालिएको छ ।' ती बालिकाहरू आफ्नो घरमा खबर नगरी हिंडेपछि परिवारले खोजी गर्दा कतै फेला नपारेर प्रहरीका जानकारी गराएका थिए । कोकिला ढकाल

0 Comments