Incident Reports

एमसीसी उपाध्यक्षविरुद्ध प्रदर्शन गर्ने ६२ जना पक्राउ, साँझ छाडियो | Ratopati

2021-09-09

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमणको विरोधमा प्रदर्शन गर्ने ६२ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । सवैभन्दा ठुलो संख्यामा नेकपा क्रान्तिकारी माओवादीआबद्ध दलित मुक्ति मोर्चा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहका नेता–कार्यकर्ता पक्राउ परेका छन् । कोटेश्वरबाट दलित मुक्ति मोर्चा र ‘विप्लव’का समर्थकलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर बालकोटबाट नक्सालस्थित होटल मेरियटमा फर्किँदै गर्दा विप्लवका कार्यकर्ताले फतिमा सुमार बिरुद्ध कोटेश्वरमा प्रदर्शन गरेका थिए । ठुलो संख्यामा प्रदर्शनकारीलाई पक्राउ गरेपछि एमसीसीको विरोधमा उत्रिएकाहरुले महानगरीय प्रहरी प्रभाग कोटेश्वर घेराउ गरेका थिए । प्रहरीले प्रदर्शनकारीहरुलाई​ वानटन ‘भ्यान’मा राखेर त्यहाँबाट अन्यत्र लगेपछि स्थिति नियन्त्रणमा आएको थियो ।

त्यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित गोल्डेन गेटबाट प्रहरीले स्वागत नेपाल सहितका प्रदर्शनकारीलाई पक्राउ गरेको थियो । विमानस्थलबाट मेरियट होटलतर्फ जाँदै गर्दा फतिमा बिरुद्ध प्रदर्शनमा उत्रिएका ‘१०० ग्रुप’का सदस्यहरुलाई रातोपुलबाट प्रहरीले पक्राउ गरेको हो । एमसीसी उपाध्यक्षलाई तीनकुने र बिजुलीबजार हुँदै म्यारिएटसम्म स्कर्ट गर्ने भनिएपनि प्रदर्शन हुने डरले प्रहरीले रुट परिवर्तन गरेको थियो । उनलाई विमानस्थलबाट रातोपुल हुँदै म्यारियट लगिएको थियो । बिहीबार बिहान र दिउँसो पक्राउ गरिएका ६२ जनालाई साँझ थुनामुक्त गरिएको काठमाडौं परिसरका एसपी बस्नेतले बताए । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Demonstration
Secondary Form Detention of Protesters
Primary Cause Other political issues
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people 62
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org , CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Foreign State
Actor 2 - Youth na
National/Online Media

0 Comments