Incident Reports

कांग्रेस पार्टी कार्यालयमा मुस्लिम संघको धर्ना

2021-09-10

Gandaki, Gorkha, Gorkha

 गोरखा — नेपाली कांग्रेसको १४ औं महाधिवेशनको सम्पूर्ण तहमा समावेशी प्रतिनिधित्वको माग गर्दै नेपाल मुस्लिम संघले नेपाली कांग्रेसको सदरमुकामस्थित तिनधारेको पार्टी कार्यालयमा धर्ना दिएको छ । प्रदेशसभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्र, महाधिवेशन प्रतिनिधि तथा सबै तहमा प्रतिनिधिको सुनिश्चितताको माग गर्दै शुक्रबार बिहान १० बजेबाट दुई घण्टा संघले पार्टी कार्यालयमा धर्ना दिएको हो । सबै जाति, क्षेत्र, पिछडिएको वर्ग, लिंग, अल्पसंख्यकहरुको प्रतिनिधि गर्ने विधान हुँदाहुँदै पनि निर्देशिका निर्माण गर्दा जनसंख्यालाई अधार बनाए मुस्लिम लगायत पिछडिएको वर्गको १४ औं महाधिवेशनको आन्तरिक निर्वाचनमा प्रतिनिधित्व कटौती गर्ने काम भएको नेपाल मुस्लिम संघ राष्ट्रिय कार्यसमितिका सचिव रहमतुल्ला मियाँले बताए । ‘कांग्रेस समावेशी लोकतान्त्रिक पार्टी हो, कानुनी र व्यवहारिक रुपमा संघीयता, लोकतन्त्र, समावेशीप्रति प्रतिबद्ध रहेको नेपालको संविधान र त्यो अनुसार बनेको पार्टीको विधानमा सबै जाति, क्षेत्र, पिछडिएका वर्ग, अल्पसंख्यहरुको प्रतिनिधि गर्ने विधान हुँदाहुँदै पनि विधानको निर्देशिका निर्माण गर्दा जनसंख्यालाई आधार बनाइयो,’ उनले भने,‘१४ औं महाधिवेश भइरहेको सन्दर्भमा यस्तो निर्देशिकाले सबै तह, प्रदेशसभामा प्रतिनिधित्वबाट बञ्चित भएको छ ।’ सबै क्षेत्रमा प्रतिनिधित्व सुनिश्चितताको माग गर्दै दबाब स्वरुप धर्ना बसेको उनले बताए । मुस्लिम संघको मागप्रति समर्थन रहेको नेपाली कांग्रेसका जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले बताए । ‘उहाँहरुले उठाएको मागबारे कांग्रेसको केन्द्रीय कार्यालयमा जानकारी गराउँछौं,’ उनले भने,‘सबै समुदायको प्रतिनिधित्व हुनुपर्छ भन्ने हाम्रो पनि माग हो ।’

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
National/Online Media

0 Comments