Incident Reports

कांग्रेस महाधिवेशनमा मुस्लिम समुदायको समानुपातिक प्रतिनिधित्वको माग गर्दै गोरखामा धर्ना – Online Khabar

2021-09-10

२५ भदौ, गोरखा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मुस्लिम समुदायको समानुपातिक प्रतिनिधित्वको माग गर्दै गोरखामा धर्ना कार्यक्रम गरिएको छ ।

नेपाल मुस्लिम संघ जिल्ला कार्यसमिति गोरखाले शुक्रवार तीनधारेस्थित कांग्रेस पार्टी कार्यालय अगाडि धर्ना दिएको हो । बिहान १० बजेबाट करीब दुई घण्टा धर्ना दिइएको नेपाल मुस्लिम संघ राष्ट्रिय समितिका सचिव रहमतुल्ला मियाँले बताए ।

‘मुस्लिम समुदायका लागि यसअघि क्षेत्रीय र महाधिवेशन प्रतिनिधिमा छुट्याइएको कोटा हटाएर जनसंख्याको आधार बनाई विभिन्न समुदायको प्रतिनिधित्व कटौती गरेको छ,’ उनले भने, ‘त्यसकै विरोधमा धर्ना कार्यक्रम गरेका हौं ।’ सबै जातजातिको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग रहेको उनले बताए ।

महाधिवेशनमा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मुस्लिम समुदायबाट महाविधेशन प्रतिनिधि सुनिश्चित हुनुपर्ने र सम्पूर्ण तहमा समावेशी प्रतिनिधित्व हुनुपर्ने उनीहरुको माग छ । कांग्रेस गोरखाका जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले यस विषयमा केन्द्रमा जानकारी गराउने बताए । ‘हामी केन्द्रमा जानकारी गराउँछौ, सच्चिएर आउँछ भन्ने हाम्रो अपेक्षा छ,’ उनले भने ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people not available
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people Not Available
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments