Incident Reports

अंशबण्डाको झगडामा ओखलढुंगामा दाइको हत्या, भाइ र भतिजा पक्राउ :: Setopati

2021-09-10

Province 1, Okhaldhunga, Khijidemba, Ward 5

ओखलढुंगा खिजिदेम्बा गाउँपालिका-५ ढाडखर्कका ६८ वर्षीय मित्रबहादुर तामाङको धारिलो हरियार खुकुरी र दाउ प्रहार गरी हत्या भएको छ।हत्या आरोपमा उनका आफ्नै भाइ ६७ वर्षीय शेरबहादुर तामाङ र शेरबहादुरका छोरा ३६ वर्षीय वीरबहादुर तामाङ पक्राउ परेका छन्। शुक्रबार दिउँसो साढे १२ बजे तामाङको हत्या भएको इलाका प्रहरी कार्यालय खिजिफलाटेले जनाएको छ। दुबै जनालाई हत्यामा प्रयोग भएको खुकुरी र दाउसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। अंशबण्डाको विषयमा विवाद हुँदा धारिलो हतियार खुकुरी र दाउले टाउकोमा प्रहार गर्दा मित्रबहादुर तामाङको घटनास्थलमा नै मृत्यु भएको थियो। अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली घटनास्थल गएको छ। घटनास्थल जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट अन्दाजी ६० किलोमिटर पश्चिम उत्तर छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments