Incident Reports

रौतहटमा एक पुरुषको हत्या | Ratopati

2021-09-10

Madhes, Rautahat, Chandrapur, Ward 3

रौतहटको चन्द्रपुरमा एक पुरुषको हत्या भएको छ । चन्द्रपुर नगरपालिका ३ गैंडाटार गाछीटोलका  ५० वर्षीय रोहिणीप्रसाद घोरासैनीको शनिबार दिउँसो हत्या भएको हो । उनको हत्या गरिएको अवस्थामा शव फेला परेको मृतकका भाइ बोधनाथ घोरासैनीले बताए । शनिबार बिहान ८ बजे घाँस काट्न गएका घोरासैनी कालापानी सामुदायिक वनको झाडीमा मृत फेला परेका थिए ।  घोरासैनीको नियोजित तरिकाले हत्या भएको पीडित परिवारको दाबी छ। घटनास्थलमा  इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी  लिलाराज लामिछाने सहितको टोली पुगेर थप अनुसन्धान थालेको छ ।  त्यसका लागि प्रदेश–२ प्रहरी  कार्यालयबाट तालिम प्राप्त कुकुर बोलाइएको प्रहरीले जानकारी दिएको छ । यसैबीच प्रहरीले घटनामा संलग्न रहेको आशंकामा  स्थानीय प्रह्लाद कार्कीलाई नियन्त्रणमा लिएको छ । कार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको डिएसपी लामिछानेले जानकारी दिए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Killed 1
National/Online Media

0 Comments

Related Reports