Incident Reports

पतिलाई कारबाहीको माग गर्दै प्रहरीमा उजुरी l

2014-07-30

Province 1, Dhankuta, Dhankuta

धनकुटा । ०७१ साउन १४ गते धनकुटा नपा-३ की २८ वर्षीया नारायणी कार्कीले पति २८ वर्षीय राजन कार्कीले मादक पदार्थ सेवन गरी कुटपिट गरेको भन्दै साउन १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । दैनिक मजदुरी गरी जीवन गुजारा गर्दै आएका कार्की दम्पत्तिको परिवारमा पतिले दैनिक मादक पदार्थ सेवन गरी घर आएर बारम्बार कुटपिट तथा गालीगलौज गर्ने गरेकाले कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएको पीडितले बताइन् । पीडितले प्रहरीमा उजुरी दिएपछि आरोपितलाई कार्यालयमा उपस्थित हुन आजै परिपत्र गरिएको जिल्ला प्रहरी कार्यालयकी महिला तथा बालबालिका सेल प्रमुख असई सोमा तामाङले बताइन् ।

0 Comments

Related Reports
Related Trend Analysis