Incident Reports

कञ्चनपुरमा तीज कार्यक्रममा झडप हुँदा ७ जना घाइते, २ जना पक्राउ – Online Khabar

2021-09-11

Sudurpashchim, Kanchanpur, Krishnapur, Ward 1

२७ भदौ, धनगढी । कञ्चनपुरमा तीज कार्यक्रम भइरहेको बेला दुई समूहबीच झडप हुँदा ७ जना घाइते भएका छन् । शनिबार राति ८ बजेको समयमा कृष्णपुर नगरपालिका–१ को भेटघाट शिविरमा तीज कार्यक्रममा झडप भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज कर्णबहादुर बोहराले बताए । उनका अनुसार कृष्णपुर नगरपालिका–१ का अन्दाजी २८ वर्षीय चन्द्रबहादुर धामी, अन्दाजी ३५ वर्षीय नरेन्द्र भण्डारी, ३८ वर्षीय नारायण दमाई र ६५ वर्षीय गोविन्द दमाई गम्भीर घाइते भएका छन् । टाउकोमा चोट लागेका उनीहरुलाई उपचारका लागि धनगढी ल्याइएको छ । कृष्णपुर नगरपालिका–१ कै बलबहादुर डाँगी, मनोज खत्री र किसन खत्री सामान्य घाइते भएका छन् । उनीहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ । कुटपिट गरेको आरोपमा कृष्णपुर नगरपालिका–१ का विजय भण्डारी र वडा नम्बर २ का प्रेम महरालाई पक्राउ गरिएको प्रहरी निरीक्षक बोहराले बताए । घटनामा संलग्न ८/१० जना फरार रहेकाले खोजी कार्य भइरहेको उनको भनाइ छ ।

तीज कार्यक्रम हेर्ने क्रममा मादक पदार्थ सेवन गरेर दुई समूहबीच झडप भएको बुझिएको र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 7
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 7
Female Injured n/a
Youth Injured n/a
National/Online Media

0 Comments

Related Reports