Incident Reports

रामपुर कृषि क्याम्पसमा कार्यरत दैनिक ज्यालादारी कामदार आन्दोलित हुदा पशु चौपाया भोकै « News24 : Premium News Channel

2021-09-12

Bagmati, Chitawan, Bharatpur

चितवन । कृषि तथा वन बिज्ञान विश्वविद्यालय रामपुर, चितवनमा दैनिक ज्यालादारी कामदारको रुपमा कार्यरत मदजुरहरु आन्दोलित हुदा त्यहाँका पशु चौपायाहरु भोकै हुने स्थिति आएको छ ।कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर अन्र्तगत पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायमा कार्यरत करिब ६५ जना दैनिक ज्यालादारीका कामदारहरु अहिले विगत २ हप्ता देखि आफूहरुलाई करारमा नियुक्त गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका छन् ।

जसले गर्दा अहिले पशु विज्ञान अन्र्तगतका माछा, कुखुरा, हाँस पनि भोकै रहनु पर्ने स्थिति आएको छ । दैनिक ज्यालाको रुपमा ५ सय १७ रुपैया पाउने उनीहरुले आफूहरुलाई करारमा नियुक्त गरेर कर्मचारी सरह काम गर्न दिनुपर्ने माग राख्दै आन्दोलन गरिरहेको बताएका छन् ।विश्व विद्यालयको आफ्नै नियम हुने भएपनि नेपाल सरकारको नियम भन्दै आफूहरुलाई रामपुर विश्वबिद्यालयले पेलेर काम लगाउने गरेको बताउछिन् आन्दोलनरत मिना पौडेल ।

पूर्व स्वीकृति दैनिक ज्यालादारी कर्मचारी संघर्ष समितिका संयोजक समेत रहेका घनश्याम न्यापानेले भने आफूहरुले पशु चौपायाको चरण गराउने काम बाहेकको दैनिक काम भने गरिरहेको बताउदै आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताए ।अर्कोतर्फ पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य बिज्ञान संकायका डिन प्राध्यापक डाक्टर होम बहादुर बस्नेतले भने दैनिक ज्यालादारी कामदारको रुपमा काम गर्ने श्रमिक भनेको कर्मचारीको रुपमा नभई सेवा करारको रुपमा मात्रै काम गर्न राख्न बिश्व बिद्यालय र नेपाल सरकारको नियम भएकाले दैनिक ज्यालादारी कामदारले अहिले गरिरहेको आन्दोलन जायज नभएको बताउछन् ।

रामपुर क्याम्पस भेटनरी मेडिसिन विभागका सह–प्राध्यापक डाक्टर सुविर सिंहले पशु चौपायाको उत्पादनबाटनै दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकको भुक्तानी गरिने भएकाले त्यसलाई नै मारेर आन्दोलनमा जानु आफैमा गलत भएको र पशु चौपायानै मर्ने स्थिति पारेर आन्दोलन गर्न नहुने बताए ।अहिले दैनिक ज्यालादारी कामदारहरु आन्दोलनमा रहिरहदा भोकै रहेका पशु चौपायाहरु भने जोकोही विश्वविद्यालय हाताभित्र बनाइएको गोठ र खोरमा जाँदा कसैले केही खान दिन्छ कि भनेर बसेको भएपनि उठेर हेरिरहन्छन् ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis