Incident Reports

गुल्मीको रुपाकोटमा आफन्तबाटै एक व्यक्तिको हत्या | Ratopati

2021-09-09

Lumbini, Gulmi, Chandrakot, Ward 7

गुल्मी । गुल्मीको रुपाकोट गाउँमा केही दिन अघि भएको हत्याको एक घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका–७ बतासे बस्ने ४८ वर्षीय शिवबहादुर पुलामीको गत बिहीबार कुटपिटबाट हत्या भएको थियो । उनलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले २७ वर्षीय हिमबहादुर पुलामी र सत्यवती गाउँपालिका–३ बस्ने २१ वर्षीय हिमाल राहडीलाई प्रहरीले पक्राउ गरेको हो । कुटपिट भएको सूचना पाएपछि मजुवा प्रहरी चौकीबाट  प्रहरी टोली घटनास्थल पुगेको थियो । कुटपिटपछि घाइते भएका शिवबहादुरलाई उपचारका लागि मजुवा ल्याइएकोमा उनको मृत्यु भएको थियो । कुटपिटमा संलग्नहरुलाई आइतबार साँझ पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको जिल्ला प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए । स्थानीय बासिन्दा रेशम भण्डारीका अनुसार कुटपिट गर्ने पुलामी मृतकका आफ्नै भतिजा हुन् भने राहडी मृतकका साढुभाइ हुन् । एसपी भट्टराईका अनुसार भदौ २३ गते पनि आरोपित दुई जना र मृतक शिवबहादुरबीच विवाद भएको थियो । २४ गते पनि उनीहरुबीच विवाद बढेर कुटपिट भएको उनले जनाए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Other
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports