Incident Reports

हेटौंडा अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात, एक प्रशिक्षार्थी स्वास्थ्यकर्मी घाइते | Ratopati

2021-09-15

मकवानपुर । मकवानपुरको हेटौंडा अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । गएराति हेटौंडा अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमाथि बिरामीका आफन्तले हातपात गरेका हुन् । स्वास्थ्यकर्मीमाथि केही व्यक्तिले आक्रमण गर्दा एक प्रशिक्षार्थी स्वास्थ्यकर्मी घाइते भएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालले जनाएको छ । बुधबार राति दुर्घटनामा परी घाइते भएका एक व्यक्तिलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको थियो । उपचारका लागि कारमा आएका ती घाइते व्यक्तिलाई अस्पतालको इमर्जेन्सी कक्षसम्म पु¥याउन स्टेचर नभएको भन्दै उनका आफन्तले फलामको कुर्सीले स्वास्थ्यकर्मीलाई प्रहार गरेको बुझिएको छ । कुर्सी प्रहारबाट अस्पतालमा कार्यरत प्रशिक्षार्थी स्वास्थ्यकर्मी समृद्धि श्रेष्ठको खुट्टामा चोट लागेको अस्पतालले जनाएको छ । २० वर्षीय श्रेष्ठ अध्ययन पश्चात प्रशिक्षणका लागि हेटौंडा अस्पतालमा आएकी हुन् । उक्त घटनापछि आक्रोशित बिरामीका आफन्तले बिरामीलाई तत्काल हेटौंडा–११ थानाभ¥याङस्थित चुरेहिल अस्पतालमा लगेका थिए । कोरोना संक्रमणको जोखिम कायमै रहेको बखत रातको समयमा स्वास्थ्यकर्मी माथि भएको आक्रमणको विरोध गर्दै आवश्यक कारवाही प्रक्रिया अघि बढाउन हेटौंडा अस्पतालले प्रहरी समक्ष मौखिक जानकारी दिएको अस्पताल विकास तथा व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईले बताए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Other
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
National/Online Media

0 Comments

Related Reports