Incident Reports

संविधान सच्‍याउन माग गर्दै जनकपुरधाममा लोकतान्त्रिक समाजवादी पार्टीको प्रदर्शन – Online Khabar

2021-09-19

Madhes, Dhanusha, Janaknandani

३ असोज, जनकपुरधाम । संविधानलाई सच्याउनुपर्ने माग राख्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) द्वारा आईतबार जनकपुरधाममा प्रदर्शन गरिएको छ । संविधान जारी भएको असोज ३ लाई कालो दिवसको रुपमा मनाउँदै लोसपाका नेता/कार्यकर्ताले प्रदर्शन गरेका हुन् । स्थानीय जनक चोकबाट निकालिएको बिरोध जुलुस नगरको बिभिन्न भाग परिक्रमा गर्दै पुनः जनक चोकमा आई कोणसभाको आयोजना गरिएको थियो । कोणसभामा बोल्दै बक्ताहरुले संविधान नसच्याएसम्म बिरोध जारी रहने बताए । प्रदेश सांसद परमेश्वर साहले मधेशी जनताको छातीमा गोली ठोकेर निर्माण गरिएको संविधान अझै अपूरो रहेको बताए । हरेक नेपालीको संविधान बनाउन आफूहरुले भन्दै आएपनि शाषकवर्गले नमानेको उनको भनाई छ । संविधान संशोधन नगरेसम्म प्रत्येक बर्ष असोज ३ लाई कालो दिवस मनाइरहने उनले बताए । हामीलाई जनप्रतिनिधी बनाउने जनताले संविधानको बिरोध गर्न म्यान्डेड दिएको भन्दै उनले मधेश आन्दोलनका बिरोधीहरुले सत्तामा पनि बस्ने संविधानको बिरोध पनि गर्ने ? भन्ने गरेको उनले बताए । ‘सत्तामा पनि बसेर संविधानको बिरोध गर्न पाइँदैन् भनेर कुन संविधानमा लेखेको छ’ उनले प्रश्न गरे । कोणसभामा पूर्व सुांसद अरबिन्द सांसद, कार्यकारिणी सदस्य रुक्मिणी मण्डल, प्रमोद यादवसहितकाले संविधान संशोधन गर्नुपर्नेमा जोड् दिएका थिए ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people N
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments