Incident Reports

'अपुरो संविधान' संशोधनको माग गर्दै प्रदर्शन

2021-09-18

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ– संविधान संशोधनको माग गर्दै ‘बृहत् नागरिक आन्दोलन’ले काठमाडौँमा प्रदर्शन गरेको छ। आइतबार दिउँसो माइतीघर मण्डलाबाट सुरु भएको विरोध र्‍याली नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो। विरोधमा सहभागी भएकाहरुले ‘यो सडकको आवाज सुन, अपुरो अधुरो संविधान संशोधन गर, देश कसरी बन्छ जब संविधान नै राम्रो बन्दैन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए। विरोध र्‍यालीपछिको कोणसभामा बोल्दै पत्रकार तथा लेखक नारायण वाग्लेले यो आन्दोलन बहिष्करणमा परेकाहरुको लागि भएको बताए। यस्तै सरकारले चाकडी र चाप्लुसी गर्नेहरुलाई तक्मा बाँडेको भन्दै उनले आक्रोश व्यक्त गरेका थिए।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people N
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments