Incident Reports

२०४७ को संविधान लागू गर्न माग गर्दै नेपाल राष्ट्रवादी नागरिक समाजद्वारा जनकपुरमा प्रदर्शन

2021-09-19

Madhes, Dhanusha, Janaknandani

जनकपुरधाम : २०४७ सालको संविधान लागू गर्न माग गर्दै नेपाल राष्ट्रवादी नागरिक समाजले आइतवार जनकपुरधाममा मोटरसाइकल र्‍यालीसहित विरोध प्रदर्शन गरेको छ। उनीहरुले नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने माग समेत गरेका छन्। विरोध प्रदर्शनमा सहभागीहरुले संघीयता खारेज गर्न माग गर्दै ‘एमसीसी पास गर्न पाइँदैन्, नेपाललाई गुलाम बनाउन पाइँदैन’ भन्दै नारावाजी पनि गरेका थिए। जनकपुरधामस्थित रेल्वे स्टेशनबाट निकालिएको विरोध र्‍याली नगरको विभिन्न भागको परिक्रमा गर्दै जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो। प्रकाश राणाको संयोजकत्वमा निकालिएको विरोध र्‍यालीमा नेपाल राष्ट्रवादी नागरिक समाजका नेताहरु असर्फी झा, चन्देश्वर यादव, मुन्नु झालगायतकाहरुको सहभागिता रहेको थियो। विरोध प्रदर्शनमा सहभागीहरुले जयनगर-जनकपुरधाम-कुर्था रेल चाँडै सञ्चालन गर्न माग समेत गरेका थिए। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments