Incident Reports

रोहिंग्या शरणार्थीलाई बेचबिखन गरी काठमाडौं ल्याएको आरोपमा तीन विदेशी पक्राउ :: Setopati

2021-09-20

Bagmati, Kathmandu, Budhanilakantha

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले तीन जना विदेशीलाई मानव बेचबिखन गरेको आरोपमा पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।विभागले उनीहरू कसरी र कहाँबाट काठमाडौं आइपुगेका थिए भन्ने अनुसन्धान गरिरहेको थियो। त्यसैबीच सिआइबीले ती रोहिंग्याहरूलाई प्रलोभनमा पारेर मानब बेचबिखन गरी ल्याएको भन्ने सूचना पायो।

म्यानमार घर भइ काठमाडौंको बुढानिलकण्ठ- ११ कपन बस्ने २७ वर्षीय नुरूल अमिन, २७ वर्षीय शोफिक अलाम र ३० वर्षीय अज्मात उल्लालाई सिआइबीले पक्राउ गरेको हो। प्रहरी उपरीक्षक महतोका अनुसार अमिनलाई सोमबार पक्राउ गरिएको हो भने अलाम र उल्लालाई शनिबार पक्राउ गरिएको थियो।भदौको तेस्रो साता बंगलादेश शरणार्थी क्याम्पका १४ जना वर्मली रोहिङ्ग्या काठमाडौं आइपुगेका थिए। काठमाडौं आएको थाहा पाएपछि महानगरीय प्रहरी परिसरले उनीहरूलाई नियन्त्रणमा लिएर अध्यागमन विभागमा बुझाएको थियो। शरणार्थीहरूलाई नेपालबाट अमेरिका, यूरोप लगायतका देशहरूमा पठाइदिन्छु भन्दै उनीहरूले प्रलोभनमा पारेका थिए। नेपालमा पुगे अमेरिका जान परिचय पत्र पनि पाइने, भत्ता पनि पाइने भन्दै भ्रममा राखिएको प्रहरीले जनाएको छ।साथै पुरूषलाई मासिक ५ हजार ७ सय ५० रुपैयाँ, महिलालाई ३ हजार ७ सय ५० रुपैयाँ र बालबालिकालाई २ हजार ७ सय ५० रुपैयाँ समेत दिइने आश्वासन दिइएको प्रहरी उपरीक्षक महतोले बताए। अनेक सुविधा पाइने आश्वासनपछि १४ जना नेपाल आउन तयार भएका थिए।


National/Online Media

0 Comments