Incident Reports

वडा अध्यक्ष नभेटेपछि पेट्रोल छर्केर कार्यालयमा आगजनी | Ratopati

2021-09-22

Karnali, Surkhet, Birendranagar, Ward 1

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं.–१ का वडा अध्यक्ष गंगाराम सुनार एउटा विशेष कार्यक्रमका लागि राजधानी कै एक होटलमा सहभागी थिए । बुधबार बिहानैदेखि कार्यक्रममा सरिक भएका उनलाई १०:१५ तिर वडा कार्यालयकै लेन्डलाइन नम्बरबाट फोन आयो । उनले फोन रिसिभ गरे । फोन रिसिभ हुनेबित्तिकै उनलाई तपाईं कार्यकक्षमा हुनुहुन्न् कता हुनुहुन्छ ? अहिले सम्म कार्यलयमा नआउने हो ? भनेर धम्की दिन थाले । वडाअध्यक्षले केही काम परे कार्यवाहक अध्यक्ष आउनुहुन्छ बस्दै गर्नुस् न म वडाकै कार्यक्रमका लागि यता होटेलमा छु भनेर जवाफ दिएर फोन राखे । उनले फेरि वडाअध्यक्षलाई फोन गरेर तपाइँ आउनुहुन्छ की वडा कार्यालय जलाइदिम ? भनेर धम्की दिए । त्यसपछि अध्यक्ष सुनारले वडा कार्यालयका कर्मचारीलाई फोन गरेर उनको काम गरिदिन निर्देशन दिए । ‘यसको झण्डै १० मिनेटपछि वडा कार्यालयमा आगजनी भयो भन्ने खबर आयो’ वडाअध्यक्ष सुनारले भने, ‘म अचम्मित छु ।’ उनले दिएको जानकारीअनुसार आगजनी गर्ने व्यक्ति सोही वडाका वास्तवमा लामिछाने हुन् । आगजनीबाट वडाका कुर्सी, सोफा, दराज र त्यहाँ रहेका सबै कागजातहरु जलेर नष्ट भएका छन् । लामिछाने त्यो दिन बिहानैदेखि दुईचार जनालाई काट्नुछ भन्दै खुँडा बोकेर हिँडेका थिए । अध्यक्ष सुनारले भने, ‘हाम्रो कर्मचारी भाई अलि सानो हुनुहुन्छ । डराएर बाहिर बसे । त्यी व्यक्ति कार्यकक्षमा पसेर पेट्रोल छर्केर आगो लगाइदिएछन् ।’ प्रहरीले लामिछानेलाई अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन । नगरप्रमुख देवकुमार सुवेदीले वडा कार्यालयको निरीक्षण समेत गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी सहायक निरीक्षक कनकबहादुर शाहीले प्रहरी घटनास्थलमा पुगेको र अनुसन्धान भइरहेको जानकारी दिए । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
Totally damaged Vehicles 1
National/Online Media

0 Comments

Related Reports