Incident Reports

नगरपालिकाको कार्यालयमा तालावन्दी हुँदा सेवाग्राही मर्कामा> – इन्सेक

2021-09-19

Bagmati, Dhading, Tripura Sundari

त्रिपुरासुन्दरी नगरपालिकाको कार्यालयमा नेकपा माओवादी (केन्द्र) ले चार दिन अघि लगाएको ताला नखुल्दा सेवाग्राही मर्कामा परेका छन । नगर सूचना प्रविधि अधिकृत हेमन्त बोहरालाई निलम्बन गरेको विषयमा माओवादी केन्द्रले ०७८ असोज ३ गते नगरपालिका कार्यालयको मुल ढोकामा तालावन्दी गरेको थियो । नगरपालिका उपप्रमुख चन्द्राकुमारी बुढाले राजनीतिक पूर्वाग्रह राखेर बोहरालाई निलम्बित गरेको भन्दै तत्काल पुनर्वहाली गर्न माग राखी तालावन्दी गरिएको माओवादी केन्द्रका नगर इन्चार्ज धर्मजित बोहराले बताउनुभयो । कार्यालयमा तालावन्दी हुँदा सर्वसाधारणहरू सेवा लिनबाट बञ्चित हुनुका साथै कर्मचारीहरू समेत कार्यालय बाहिर बस्नु परेको नगरपालिकाका कर्मचारी  हरिचन्द्र हमालले बताउनुभयो । ‘सिफारिस लिन, सम्झौता गर्न आएका सेवाग्राही काम नभएर फर्केर गएका छन्’ हमालले भन्नुभयो । त्रिपुरासुन्दरी नगरपालिका–२ रूमका टङ्कबहादुर थापाले बच्चाको सिफारिसको लागि आएको तर, कार्यालय बन्द भएकोले फर्केर आउनु परेको गुनासो गर्नुभयो । तालावन्दीपछि उपप्रमुख बुढा र प्रमुख प्रशासकीय अधिकृत प्रितिभक्त गिरी समेत सुर्खेत गएकाले ताला खुलाउने तर्फ पहल नभएको अन्य कर्मचारीको भनाइ छ । नगरपालिकामा २०७६ असार देखी सूचना प्रविधि अधिकृतको रूपमा सोही नगरपालिका–६ पालुङका २८ वर्षीय हेमन्त बोहरालाई करारमा नियुक्त गरिएको थियो । निरन्तर जिम्मेवारी बहन गरिरहेका कर्मचारीलाई कामबाट हटाउनु अमानवीय कार्य भएकाले निलम्बित कर्मचारीको पुर्नवहाली र प्रमुख प्रशासकीय अधिकृत गिरीलाई कारवाही नभएसम्मको लागि आन्दोलन जारी रहने नेकपा माओवादी केन्द्रले विज्ञप्तीमार्फत जानकारी गराएको छ । आफू र कार्यकारीले मात्र नभई सिङ्गो कार्यपालिका बैठकले निर्णय गरेअनुसार निलम्बन गरिएको भन्दै उपप्रमुख बुढाले स्पष्टीकरणमा सोधिएका प्रश्नको चित्तबुझ्दो जवाफको साथै आवश्यक प्रमाण पेश गरेमा बोहरा पुन: नियुक्ति हुन सक्ने बताउनुभयो ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
INSEC

0 Comments