Incident Reports

देउवाको गृह जिल्ला डडेल्धुरामा पुनः वडा अधिवेशनको माग गर्दै रिले अनशन – Online Khabar

2021-09-23

७ असोज, धनगढी। नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पुनः वडा अधिवेशन गर्नूपर्ने माग गर्दै पार्टी कार्यालयमा रिले अनशन सुरु गरिएको छ । प्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवाले मनोमानी रुपमा अवैधानिक रुपमा क्रियाशिल सदस्यता वितरण गरेर जिल्ला कमिटिलाई वाइपास गरेर वडा अधिवेशन गरेकाले बिहीबारदेखि रिले अनसन थालिएको हो । नेपाली काँग्रेस डडेल्धुराका कार्यालय सचिव राम बिष्टले बिहीबारदेखि अनिश्चितकालका लागि पार्टी कार्यालयमै रिले अनसन थालिएको जानकारी दिए। क्रियाशिल सदस्यता विवादकै कारण जिल्ला सभापति कर्णबहादुर मल्लले वडा अधिवेशन स्थगीत गरेका बेला सुरक्षाकर्मी परिचालन गर्दै देउवा पक्षले गत भदौ २५ मा वडा अधिवेशन गरेको थियो। देउवाले हस्तक्षेप गरेर अवैधानिक रुपमा गरेको अधिवेशन स्थगीत गरी नयाँ मिति तोक्नुपर्ने माग जिल्ला सभापति मल्ल पक्षको छ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Strike/Bandh
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments