Incident Reports

बलात्कार घटनाका फरार आरोपित गिरफ्तार – इन्सेक

2021-07-30

Bagmati, Bhaktapur, Madhyapur Thimi, Ward 1

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामेछाप जिल्ला सुनकोशी गाँउपालिका–४का २५ वर्षीय मिठाराम धिमाललाई प्रहरीले २०७८ असोज ६ गते महोत्तरी बर्दिबास नगरपालिका–१ मा लुकीछिपी बसेको अवस्थामा गिरफ्तार गरेको छ । पीडित बालिकालाई साउन १५ गते मध्यपुरथिमि नगरपालिका–४ स्थित सिजन गेष्ट हाउसमा लगि बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध साउन १८ गते महानगरीय प्रहरी वृत्त थिमिमा उजुरी दिएको थियो । पीडित बालिकाको तर्फबाट उजुरी प्राप्त भएपछि आरोपित धिमालको नाममा साउन २० गते भक्तपुर जिल्ला अदालतबाट पक्राउ अनुमति लिई अनुसन्धान थालेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले बताउनु भयो । आरोपित धिमाललाई प्रहरीले असोज ७ गते जिल्ला अदालतमा मुद्दा दायर गरेको गरी अनुसन्धनको लागि हिरासतमा राखेको छ । पीडित बालिकाको स्वास्थ्य प्रसुति गृह थापाथलीमा परीक्षण साउन १८ गते गरिएको थियो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments