Incident Reports

एम्बुलेन्स चालक पाण्डेमाथि कुटपिट

2021-09-22

Lumbini, Gulmi, Isma, Ward 4

तिलाचन पाण्डेतम्घास, असोज ८ गते । एम्बुलेन्स चालक दानबहादुर पाण्डेमाथि निर्घात कुटपिट भएको छ । गुल्मी इश्मा गाउँपालिका ४, दोहोली स्वास्थ्यचौकीका करिब ३८ वर्षीय चालक पाण्डेमाथि कुटपिट भएको हो । असोज ६ गते बुधबार साँझ करिब ८ बजे पाण्डेले इश्माको कोभिड अस्पतालबाट वडा नम्बर ४ को कुभिन्डेमा कोभिडका बिरामीलाई घर छाड्न लु. १ झ ३५८ नम्बरको एम्बुलेन्स निकाल्दै गर्दा उहाँमाथि कुटपिट भयो । एम्बुलेन्स चालकलाई कुटपिट गर्ने स्थानीय अन्दाजी ३० वर्षीय लीलबहादुर अछामी र सागर गुरुङ फरार रहेको प्रहरीले जनाएको छ । कुटपिटबाट चालकको दाँत झरेको छ भने आँखाको वरिपरि निलडाम परेको छ । उहाँको अहिले पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइररहेको छ । एम्बुलेन्स चालकमाथि कुटपिट गर्ने अछामी र गुरुङ गाउँमै खुलेआम डुल्दा पनि प्रहरीले पक्राउ गर्न नसकेको स्थानीयको आरोप छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले भने एम्बुलेन्स चालकलाई कुटपिट गर्ने फरार ब्यक्तिहरुको खोजी कार्य जारी रहेको बताएको छ । फरार रहेका उनीहरुको खोजी कार्यका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो । कुटपिटको कारण बारे अझै केही नखुलेको पाण्डेले बताउनुभयो । यस्तै गत जेठ १२ गते जिल्ला रेडक्रस सोसाइटीका एम्बुलेन्स चालक २८ वर्षीय लालबहादुर खत्रीमाथि पनि एउटा समूहबाट कुटपिट भएको थियो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Secondary Cause Healthcare Management
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments

Related Reports