Incident Reports

कमिसन नपाउँदा मेयर दासले कुटे कर्मचारी | Janakpur Today

2021-09-24

Madhes, Dhanusha, Bideha

धनुषाको बिदेह नगरपालिकाका मेयर बेचन दासको अर्को कर्तुत सार्वजनिक भएको छ । उनले शुक्रबार कार्यालयमै बाली विकास अधिकृत चन्देश्वर ठाकुरलाई कुट्न लगाएका हुन् । मेयर दासको निर्देशनमा स्थानीय शत्रुधन राय र अंगद रायले कर्मचारी ठाकुरलाई कुटेका हुन् । मेयर दासले पनि खुट्टाले हानेको पीडित कर्मचारी ठाकुरले सुनाए । उनले भने, ‘पेश्की फछ्र्योट गरिदिन मेयर दास कहाँ गएको थिए । तर उहाँले गालीगलौज गर्दै खुट्टाले हान्नुभयो । लगत्तै उनका लठैत शत्रुधन र अंगलले पनि कुट्न थाले ।’ तीन वर्ष अगाडीको करिब ११ लाख रुपैया पेश्की कर्मचारी ठाकुरमाथि रहेको छ । उक्त पेश्की फछ्र्योट गर्नकै लागि उनले पटक पटक मेयर दासलाई आग्रह गरेका थिए । शुक्रवार पनि सोही कामका लागि गएका बेला मेयर दासले कमिशन माग्दै कुटपिट गर्न लगाए । नगरपालिकामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत मुङ दालको विउ वितरण, मुङ दालको विउ वितरण, बोरिङ जडान, दमकल वितरण, गोठ निर्माण, तालिम र पशु स्वास्थ्य शिविर लगायतका कार्यक्रम गत आर्थिक वर्षमे सम्पन्न भयो । कार्यक्रम करिब ४७ लाखको थियो । सोही कार्यक्रममा भएको खर्चमा १२ लाख कमिसन मेयर दासले माग्न थालेको कर्मचारी ठाकुरले सुनाए । उनले भने, ‘कार्यक्रम अन्तर्गत सबै समान मेयर दासकै समन्वयमा खरिद भएको छ । उहाँका हरेक ठाउँमा हस्ताक्षर छ । कार्यक्रम पनि उहाँकै समन्वयमा भयो । अहिले १२ लाख कमिशन माग्नुहुन्छ । पैसा बचेकै छैन । म कहाँबाट कमिशन दिनु ?’ कुटपिट गरेपछि कार्यकारी अधिकृत सञ्जिव साह समक्ष गुनासो गरेको तर कुनै वास्ता नगरेको उनले गुनासो गरे । कुटपिट गरेका अंगद, शत्रुधन, नगर प्रमुख दास र कार्यकारी अधिकृत सञ्जिव कुमार साहमाथि प्रहरीमा किटानी जाहेरी दिने उनले बताए । भने, ‘घटनालगत्तै एसपी साहेबसँग कुरा गरे । उहाँले उजुरी लिएर आउनु भन्नुभएको छ ।’ यता, मेयर दासले कर्मचारी ठाकुरमाथि कुटपिट गरेको दावी गरे । उनले भने, ‘कर्मचारी ठाकुर झुठो बोलिरहेका छन् । यहाँ सबै कोठामा सिसि क्यामेरा पनि छ । यदि कुटेको भए क्यामेरामा कैद त भएको होला । आएर हेर्नुस् ।’ उनले कर्मचारीले किसानलाई दिनुपर्ने दमकल पनि नदिएको पनि बताए । जनकपुर टुडे मेडिया ग्रुप प्रालिद्वारा प्रकाशित जनकपुर टुडे  दैनिक पत्रिका मधेशको पहिलो ‘क’ वर्गको राष्ट्रिय पत्रिका हो । ताजा समाचारको लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports