Incident Reports

घरेलुहिंसा गरेको भन्दै पतिविरुद्ध उजुरी l

2014-07-30

Gandaki, Syangja, Biruwa

Sangeeta Bhat स्याङजा । ०७१ साउन १५ गते मनकामना गाविस-४ बस्ने २८ वर्षीया बिमला परियारले आफूलाई पतिले मानसिक तथा शारीरिक हिंसा गरेको भन्दै साउन १४ गते जिल्ला जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेकी छन् । पीडितका अनुसार पति ३० वर्षीय इन्द्रबहादुर परियारले खान, लाउन नदिने, कुटपिट तथा अपशब्द प्रयोग गरी गाली गर्ने जस्ता मानसिक र शारीरिक हिंसा गरेकोले न्यायको माग गर्दै उजुरी दिएकी हुन् । जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रकी प्रमुख मनिषा गुरुङले आरोपितलाई बोलाई घटनाको बारेमा छलफल गर्ने र नमिले कानुनी प्रक्रिया अगाडि बढाउने बताइन् । संगीता भाट

0 Comments

Related Reports
Related Trend Analysis