Incident Reports

Adhikari murder: Three accused freed on bail

2014-07-31

Gandaki, Gorkha, Gandaki

Gorkha, Krishna Adhikari hatya prakaran: thap 3 abiyukta adalat hajir. JUL 31 - Three individuals held in connection with the 2004 murder of Krishna Prasad Adhikari of Fujel, Gorkha have been released on bail on Thursday. The accused , Himlal Adhikari, Kali Prasad Adhikari and Megh Nath Poudel, were released after they posted the bail amount. The accused trio appeared before the court 70 days after an arrest warrant was issued against them. The police had issued an arrest warrant against 13 individuals on charges of abduction and subsequent murder of Adhikari. Their statements were recorded as soon as they appeared before the court. They were released on bail after a preliminary hearing by a bench of Justice Binod Mohan Acharya, according to the court's senior non-gazetted officer, Jaya Narayan Acharya. Himlal deposited Rs 27,000 and Kali Prasad and Megh Nath paid Rs 20,000 each as bail amount for their release, Acharya informed. He further said the court ordered the release of the accused on bail as the evidence furnished by the accused individuals has created grounds to prove their innocence. A total of six individuals out of 13 accused have been released on bail due to insufficient evidence. गोरखा फुजेलका कृष्ण अधिकारीको चितवन भएको हत्या आरोपमा मुद्दा चले पनि फरार तीन अभियुक्त बिहीबार जिल्ला अदालतमा हाजिर भएर बयान दिएका छन्। अभियुक्तहरू हिमलाल अधिकारी, वेदनाथ पौडेल र कालिप्रसाद अधिकारी बयानका लागि अदालतमा हाजिर भएका थिए। उनीहरू क्रमशः २७ हजार र २०–२० हजार रुपैयाँ धरौटीमा छुटेका छन्। यसअघि यसै मुद्दामा भीमसेन पौडेल २७ हजार र छविलाल पौडेल २० हजार रुपैयाँ धरौटीमा छुटेका थिए।चितवन रत्ननगरमा रहेका हजुरबुबा हजरआमालाई भेट्न गोरखाबाट आएका कृष्ण अधिकारीको तत्कालीन विद्रोही नेकपा माओवादीले अपहरणपछि हत्या गरेको थियो। मृतक अधिकारीका आफन्तले तत्कालै प्रहरीमा उजुरी दिए पनि यो घटनामा प्रहरी अनुसन्धान अगाडि बढेको थिएन। माओवादी सशस्त्र संघर्षका बेलामा भएको घटनामा मुद्दा नचलाउने सरकारी निर्णयसँगै अनुसन्धानको फाइल पनि बन्द भएको थियो। कृष्णका बाबुआमाले काठमाडौंमा अनसन सुुरु गरेपछि राष्ट्रिय मानव अधिकार आयोगको निर्देशनमा प्रहरीले गत वर्षबाट अनुसन्धान प्रक्रिया अघि बढाएको हो। सो घटनामा गत चैत मसान्तमा चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको हो। कुल १३ जनाविरुद्ध मुद्दा दायर भए पनि सो बेला प्रहरी हिरासतमा छबिलाल पौडल र भीमसेन पौडेल मात्रै रहेकाले अरुलाई फरार भनिएको थियो। त्यो बेला फरार भनिएका अभियुक्तहरू अदालतले दिएको म्याद अनुसार उपस्थित भएर बयान दिएका हुन्। प्रतिवादी १३ जनामध्ये हालसम्म ६ जना अदालतमा आएको नासु जयनारायण आचार्यले जनाए। कृष्णका बाबुआमा नन्दप्रसाद र गंगामाया छोराका ...हत्याराहरू' लाई उचित कारबाही नभएको भन्दै २८० दिनदेखि लगातार अनशन मै छन्।

0 Comments