Incident Reports

चीनले नेपाली भूमि मिचेको भन्दै लोकतान्त्रिक युवा संघको विरोध प्रदर्शन « News24 : Premium News Channel

2021-09-28

Bagmati, Kathmandu, Kathmandu, Ward 11

काठमाडौं । चीनले नेपाली भूमि मिचेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी निकट लोकतान्त्रिक युवा संघले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । हुम्लामा चीनले नेपाली सीमामा अतिक्रमण गरेको भन्दै संघले मंगलबार काठमाडौंको माइतिघरमा बिरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा उत्रिएकाहरुले चीनद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता गर, हुम्ला जिल्लामा रहेको १२ नम्बर पिलर सार्न पाइदैनलगायतका प्ले कार्डसहित प्रदर्शन गरेका थिए । त्यस्तै उनीहरुले नेपाल–चीन सीमाबारे लिमी लाप्चादेखि हिल्सासम्मको सीमा अध्ययन गर्न गठन गरेको समितिको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेको छ । लोसपा युवा अध्यक्ष मुकेश कुमार झाले चीनले नेपाली भूमि अतिक्रमण गर्दा पनि सरकार मौन रहेको भन्दै बिरोध प्रदर्शन गरिएको जानकारी दिए । त्यस्तै उनले चीनमा एमबीबीएस गरेका विद्यार्थीहरुलाई नेपालमा इन्र्टनशीप गराउनुपर्ने माग राखिएको बताए । संघले नेपालको सिमा रक्षाका लागि निरन्तर खवरदारी गर्ने जनाएको छ । चीन र नेपालको सीमा भएको बिषयमा अध्ययन गर्न सरकारले बनाएको समितिले पनि गृहमन्त्रीलाई अध्ययन प्रतिवेदन बुझाइसकेको छ । काठमाडौं । २०७७ सालको पद्मश्री साहित्य पुरस्कार केशव दाहालको उपन्यास ‘मोक्षभूमि’लाई दिइने भएको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Foreign State
Actor 2 - Youth unknown
National/Online Media

0 Comments