Incident Reports

अपहरित बालकको उद्धार, घटनामा संलग्न आरोपित गिरफ्तार – इन्सेक

2021-09-28

Bagmati, Kathmandu, Budhanilakantha

अपहरणमा परेका बुढानिलकण्ठ नगरपालिका–१३ कपन बस्ने भारतको बिहार घर भएका ४ वर्षीय पियुष शर्मालाई प्रहरीले असोज १२ गते भारतको बिहारबाट सकुशल उद्धार गरेको छ ।

पीडित बालकका बुबा विनोद शर्माले छोराको अपहरण भएको भन्दै ०७८ असोज ११ गते महानगरीय प्रहरी परिसर बुढानिलकण्ठमा उजुरी दिनुभएको थियो ।

महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले बालक अपहरण गरेको थाहा पाउने बित्तिकै परिवारले दिएको सूचनाको आधारमा नेपाल–भारत सीमा क्षेत्र र भारतको बिहारसम्म खोजी गरी बालकलाई प्रहरीले ०७८ असोज १२ गतेसाँझ भारतको बिहारबाट सकुशल उद्धार गर्न सफल भएको बताउनुभयो ।

अपहरणमा संलग्न भारतको आरोपमा प्रहरीले सोही दिन बिहार घर भई कपन बस्ने ३० वर्षीय शंकर दासलाई पनि गिरफ्तार गरेको छ ।

एसएसपी खापुङका अनुसार पीडित बालकका बुबा बिनोदसँगै कपनमा सिसाको काम गर्ने दासले सुरुमा बालकलाई सार्वजनिक बसमा चढाएर चाबहिलको गोपीकृष्णसम्म पुर्‍याएका थिए । त्यसपछि दासले गौशालाबाट वीरगन्ज जाने बस चढाएर रक्सौल नाका हुँदै बिहार लागेका थिए ।

एसएसपी खापुङले गिरफ्तार परेका व्यक्तिलाई पनि नेपाल ल्याएर थप अनुसन्धान अघि बढाउने बताउनु भयो ।

पाल्पा जिल्लामा रहेर मानव अधिकार अभिलेख र प्रसारको काम गर्दै आउनुभएका यज्ञमुर्ति तिमिल्सिना २०७८ भदौ महिनाको उत्कृष्ट प्रतिनिधि घोषित हुनु भएको छ । उहाँ जिल्लाका समसामयिक मानव अधिकार सवालमा पैरवी गर्न र आर्थिक, सामिजक तथा सांस्कृतिक अधिकारका विषयमा समाचार लेख्न रुची राख्नु हुन्छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Youth Abducted 1
INSEC

0 Comments

Related Reports