Incident Reports

विजुली काट्न गएका कर्मचारी होटल सञ्चालकबाट कुटिए – Online Khabar

2021-09-29

Province 1, Morang, Biratnagar

१३ असोज, विराटनगर। विद्युत महशुल भुक्तानी नभएपछि लाइन काट्न गएका विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका कर्मचारी होटल सञ्चालकबाट कुटिएका छन् ।

बुधबार होटल इस्टर्नस्टारको विद्युत लाइन काट्न गएका कर्मचारीलाई होटल सञ्चालक समितिका अध्यक्ष तुलसी पोखरेलले कुटपिट गरेका पीडितको भनाइ छ ।

होटलले ३ लाख १४ हजार विद्युत महशुल बझुाएको छैन । महशुल नबुझाएपछि लाइन काट्न बुधबार बिहान प्राधिकरणका इलेक्ट्रिसियन विराटनगर–३ घर भएका ५७ वर्षीय तारानाथ खतिवडा, प्राधिकरणका सहयोगी विराटनगर-५ का सुनील हरिजन र चालक विराटनगर-४ का जितबहादुर सुनुवार होटलमा पुगेका थिए ।

लाइन काट्न अवरोध गर्दै सुरक्षागार्ड र कर्मचारीको सहयोगमा पोखरेलले प्राधिकरणका इलेक्ट्रिसियन खतिवडामाथि कुटपिट गरेको उजुरी आएको प्रहरीले जनाएको छ । भाग्न खोज्दा होटलको गेट बन्द गरेर बन्धक बनाएको कर्मचारीको गुनासो छ । आधा घण्टाभन्दा बढी होटलमै थुनेपछि प्रहरी र प्राधिकरणका कर्मचारीले उनीहरुलाई निकालेका थिए ।

प्राधिकरणका विराटनगर प्रमुख रोशन खड्काले होटलले ३ लाख १४ हजार बिल नतिरेको बताए । त्यसमा २५ प्रतिशत जरिवाना थप जरिवाना लाग्छ ।

कुटपिटको उजुरी परेपछि प्रहरीले दुवै पक्षलाई बोलाएको छ । खड्काले जिल्ला प्रहरी कार्यालयमा छलफल भइरहेको बताए ।

आरोपी पोखरेल प्रदेश १ की तत्कालीन सामाजिक विकास मन्त्री उषाकला राईका प्रमुख सल्लाहकारसमेत हुन् । घटनाबारे प्रतिक्रिया लिन टेलिफोन गर्दा उनको मोबाइल स्वीच अफ छ ।

नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन र संघले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेका छन् ।

विज्ञप्तिमा दोषीमाथि कारबाहीको माग गरिएको छ । प्राधिकरणका कर्मचारीले दोषीमाथि कारबाही नभएमा सबै काम कारबाही ठप्प बनाउने चेतावनी दिएका छन् ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other economic issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Private company
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments

Related Reports