Incident Reports

श्रीमान्‍को कुटेर हत्या गरेको आशङ्कामा श्रीमती पक्राउ | Ratopati

2021-09-27

Lumbini, Gulmi, Ruru, Ward 1

कुटपिटका कारण एक पुरुषको मृत्यु भएको आशङ्कामा प्रहरीले उनको श्रीमतीलाई पक्राउ गरेको छ । पाल्पाको मिसन अस्पतालमा मंगलबार राति उपचारका क्रममा मृत्यु भएका गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ भड्कुवा निवासी ४८ वर्षीय रमेश ज्ञवालीको अघिल्लो रात श्रीमतीको कुटपिटका कारण भएको प्रहरीको आशङ्का छ ।

अघिल्लो रात घरमा झगडा भएको र पछि हारगुहार गर्न जाँदा मृतककी श्रीमती पुष्पा ज्ञवालीले आगो फुक्ने फलामको ढुङ्ग्रीले संवेदनशील अङ्गमा प्रहार गरेर घाइते बनाएको आफूहरूले देखेको मृतकका दाजु पदम ज्ञवालीको दाबी छ  । उनको बयान लगत्तै गुल्मी प्रहरीले पाल्पा प्रहरीलाई सम्पर्क गरि शव पोस्टमार्टमका लागि बुटवल पठाएको छ ।

त्यस्तै, मृतककी श्रीमतीलाई पाल्पाबाटै नियन्त्रणमा लिई आज श्रृंगा प्रहरी चौकीमा ल्याएर राखिएको जिल्ला प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए । उनले आफूले अलि अलि घचेटेको तर त्यसरी नकुटेको बयान दिएको प्रहरी प्रमुख भट्टराईले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports