Incident Reports

पोखरामा एक किशोरीको शंकास्पद मृत्यु, भेटियो श्रीमानको ‘नोट’ | Ratopati

2021-10-01

Gandaki, Kaski, Pokhara Lekhnath

पोखरामा एक किशोरी मृतावस्थामा भेटिएकी छिन् । पोखरा अधिकारी टोलस्थित बन्द कोठाभित्र बाजुराको जगन्नाथ –१ बस्केना घर भएकी १८ वर्षीया निरुता शाह मृतावस्थामा फेला परेकी हुन् । स्थानीयले बन्द कोठाबाट दुर्गन्ध आएको भन्दै प्रहरीलाई खबर गरेपछि ताला फोरेर हेर्दा किशोरीको शव खाटमा लडिरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।प्रहरी टोलीले कोठाको ढोका फोरेर खानतलासी गर्ने क्रममा उनका श्रीमान् गणेश विष्टले लेखेर छाडेको चिट (नोट) भेटिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालले बताए । उनका अनुसार श्रीमान बिष्टले लेखेको चिटमा आफू कामबाट फर्किदा श्रीमती कोठाभित्र झुन्डिइरहेको अवस्थामा भेटेको उल्लेख गरेका छन् । श्रीमतीको खुशीका लागि आपूmले दुःखकष्ट भोग्दै आएको बताउँदै उनको आत्महत्या पछि आफू बाँच्नुनै अर्थ नरहेकाले सेतीमा हाम फालेर आत्महत्या गर्ने उल्लेख गरेका छन् ।  कोठामा चिट लेखेर बेपत्ता भएका श्रीमान गणेशको खोजी कार्य गरिरहेको डिएसपी हमालले बताए । ‘श्रीमान गणेशले श्रीमतीले आत्महत्या गरेको भन्दै आपूm बाँच्नुको अर्थ नभएकाले आत्महत्या गर्ने उल्लेख गरेर फरार भएकाले उनको खोजी भइरहेको छ,’उनले भने, ‘प्रहरीले उनको अवस्थाको वारेमा आवश्यक अनुसन्धान गरिरहेकाले छिटै वास्तविकता पत्ता लाग्छ,’ डीएसपी हमाल पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै हत्या गरिएको हो वा आत्महत्या भन्ने खुल्ने बताए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports