Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी – इन्सेक

2021-09-28

Madhes, Rautahat, Chandrapur, Ward 4

१४ वर्षीया बालिकालाई चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहापुर स्थित न्यू अल्पाइन होटलमा ०७७ फागुन ८ गते सामूहिक बलात्कार गरेको आरोपमा कैलाली जिल्ला घोडाघोडी नगरपालिका–१ घर भई काठमाडौँ जिल्ला चन्द्रागिरी नगरपालिका–१४ बस्ने ३५ वर्षीय सागर साही र कैलाली जिल्ला गोदावरी नगरपालिका–३ मस्ताखेतीका १९ वर्षीय सन्देश बास्कोटाविरूद्ध पीडित पक्षले महानगरीय प्रहरी परिसर महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र काठमाडौँमा असोज १२ गते उजुरी दिएको छ । उक्त घटनामा संलग्न आरोपितमध्ये सन्देश बास्कोटालाई प्रहरीले काठमाडौँबाट असोज १२ गते गिरफ्तार गरेको छ । घटनस्थल रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकामा भएकाले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा जबरजस्ती करणी शीर्षकमा असोज १४ गते मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरका डिएसपी लिलाराज लामिछानेले बताउनुभयो । आरोपितमध्ये सागर साही 'फरार' रहेको डिएसपी लामिछानेले बताउनुभयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण चन्द्रनिगाहापुर अस्पतालमा असोज १४ गते गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments