Incident Reports

कुटपिट गरी सुनको सिक्री लुटपाट गरेको आरोपमा काठमाडौंबाट ९ जना पक्राउ – Online Khabar

2021-09-30

Bagmati, Kathmandu, Tokha

१५ असोज, काठमाडौं । कुटपिट गरी सुनको सिक्री र पर्स लुटपाट गरेको आरोपमा प्रहरीले काठमाडौंबाट ९ जनालाई पक्राउ गरेको छ ।

दाङ घोराहीका २१ वर्षीय अनिल मगर, रुकुम टकसराका ३० वर्षीय सूर्य बुढा मगर, सिन्धुपाल्चोक ठूलो पहाडका २५ वर्षीय विशाल केसी, मोरङ बेलबारीका २७ वर्षीय यमन राई, धरानकी २२ वर्षीया प्रिया गुरुङ, काभ्रे तामाघाटकी २१ वर्षीया पूजा राई, धनगढीकी २२ वर्षीया सुस्मा कार्की, काभ्रे चौवासकी २२ वर्षीया ईस्मी कुँवर र काभ्रे मण्डनदेउपुरका ३२ वर्षीया सुरराज भट्टराईलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

उनीहरुले बिहीबार दिउँसो काठमाडौंको गोंगबु शिवमन्दिर नजिकै सडकमा हिँडिरहेका गोरखा अजिरकोटका अजय रेग्मीलाई कुटपिट गरी घाँटीमा लगाएको सुनको सिक्री र नगदसहितको पर्स लुटपाट गरेर फरार भएको प्रहरीको भनाइ छ ।

उनीहरुलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग गोंगबुबाट खटिएको टोलीले लुटिएको सुनको सिक्रीसहित पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

पक्राउ परेका ९ जनामाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Robbery
Secondary Form Assault (large group)
Weapons Other
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 9
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Reports