Incident Reports

ससुरालाई कारबाहीको माग गर्दै प्रहरीमा उजुरी l

2014-07-31

Province 1, Dhankuta, Sangurigadhi

महाभारत गाविस-५ की २० वर्षीया जन्सो राईले ससुरा ५५ वर्षीय हैदमान राईमाथि कारबाहीको माग गर्दै साउन १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । पति २२ वर्षीय भरत राई घरेलु हिंसा गरी विदेशमा पलायन भएको र आफु तथा छोरीलाई ससुराले खान लाउन दिने, छोरीको जन्मदर्ता गरी पढाई दिने भनि एकवर्षअघि सहमति गरेको भएपनि कार्यान्वयन नभएपछि कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएको पीडितले बताइन् । एक वर्षअघि प्रहरी कार्यालयमा भएको सहमति अनुसार कार्यान्वयन नभएको भनी प्रहरीमा उजुरी आएपछि आरोपितलाई कार्यालयमा उपस्थित हुन परिपत्र गरिएको महिला तथा बालबालिका सेल प्रमुख असई सोमा तामाङले बताइन् । तीन वर्षअघि भरतसँग विवाह गरेकी जन्सोको एक छोरी रहेकी छिन् । पतिले घरेलु हिंसा गरी विदेश गएको र ससुराले घरमा बस्न नदिएपछि उनी माइतमा बस्दै आएकी छिन् ।

0 Comments

Related Reports
Related Trend Analysis