Incident Reports

बालिका बलात्कार प्रयासको आरोपमा पक्राउ- प्रदेश १ - कान्तिपुर समाचार

2021-09-07

Province 1, Morang, Biratnagar, Ward 4

मोरङ — विराटनगर महानगर ४ मा ११ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा एक जनालाई जिल्ला प्रहरी मोरङले शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर ४ का ५० वर्षीय लभ कोइराला छन् ।

जिल्ला प्रहरी मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले कोइरालाले घरमा कोही नभएको अवस्थामा छिमेकी बालिकालाई जबर्जस्ती गरेकोले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको बताए । घटना भदौ २२ गते दिउँसो भए पनि २६ दिनपछि मात्रै घटनाबारे खुलासा भएको हो । घटना भएदेखि बालिका एकोहोरिएर मौन बस्ने, डराउने, सामान्य विषयमा रुनेलगायतका व्यवहार देखाएपछि परिवारजनले सोधीखोजी गर्न थालेपछि घटना बाहिरिएको हो ।

घटनाबारे परिवारजनले जानकारी पाएपछि स्थानीयवासीको सहयोगमा कोइरालालाई पक्राउ गरी प्रहरीलाई बुझाएको हो । ‘परिवारजनले सोधीखोजी गर्ने क्रममा कोइरालाले जबर्जस्ती बलात्कार प्रयास गरेको खुलेको छ,’ उनले भने, ‘कोइरालालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको तर प्रारम्भिक अनुसन्धानमा घरमा कोही नभएको बखत बालिकालाई कोठामा लगेर लुगा खोल्न थालेपछि अर्की ५ वर्षीया बालिका आएपछि बलात्कृत हुनबाट जोगिएको हो ।’

बलात्कार प्रयास गरेका कोइरालाले बालिकालाई घटनाबारे कसैलाई नभन्न डर, त्रास देखाउँदै आएको अनुसन्धानबाट खुलेको प्रवक्ता श्रेष्ठले सुनाए । उनका अनुसार कोइरालालाई जबरजस्ती करणी उद्योगमा मुद्दा चलाउने तयारी भइरहेको छ । पीडित परिवारले आइतबार जाहेरी दिएपछि कारबाही अघि बढाउने श्रेष्ठले बताए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments