Incident Reports

अहिंसा दिवसमा शान्ति समाजद्वारा ८ जिल्लामा प्रदर्शन | Ratopati

0001-01-01

अन्तर्राष्ट्रिय अहिंसा दिवस २ अक्टोबरका अवसरमा मानव अधिकार तथा शान्ति समाजले काठमाडौंसहित रुपन्देही, चितवन, दाङ, तेह्रथुम, कपिलवस्तु, अछाम र बाँकेमा प्रदर्शन गरेको छ । ‘अहिंसाः पवित्र एवं गौरवमय मार्ग’ भन्ने सन्देशसहित शनिबार समाजले ८ जिल्लामा प्रदर्शन गरेको हो । १५ जुन २००७ को दिन संयुक्त राष्ट्र महासभाले अक्टोबर २ लाई अन्तर्राष्ट्रिय अहिंसा दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । महासभाद्वारा पारित प्रस्ताव अनुसार सबै राष्ट्रसंघीय प्रणालीलाई शिक्षा र जनचेतनासहित अहिंसाको सन्देश फिँजाउँदै उपयुक्त तवरले अहिंसा दिवस मनाउन आह्वान गरिएको थियो । अक्टोबर २ महात्मा गान्धी को जन्मजयन्ती पनि हो । सन् २००७ मा राष्ट्रसंघले अहिंसा दिवस मनाउने निर्णय गरेपछि मानव अधिकार तथा शान्ति समाजले विविध कार्यक्रमसहित प्रत्येक वर्ष अक्टोबर २ मा अहिंसा दिवस मनाउँदै आएको छ । यसैगरी अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस १ अक्टोवरका सन्दर्भमा शान्ति समाज काठमाण्डौ शाखाले असोज १५ गते निजानन्द आश्रम (टौदह)लाई खाद्य सामग्री सहयोग गरेको छ भने रुपन्देही शाखाले बुटवल मैना बगरस्थित सिद्धबाबा वृद्धाश्रममा रहेका जेष्ठ नागरिकहरुलाई भोजन गराएको थियो । यस्तै शान्ति समाजका चितवन, दाङ र तेह्रथुम शाखाले पनि जेष्ठ नागरिक दिवसमा सन्दर्भमा विभिन्न कार्यक्रम आयोजना गरेका थिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Others
Actor 1 - Number of people n/a
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Youth unknown
National/Online Media

0 Comments