Incident Reports

बलात्कार आरोपितविरूद्ध जाहेरी दर्ता l

2014-07-31

Bagmati, Kathmandu, Kathmandu

एक १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा धादिङ जिल्ला जीव्ानपुरका २० वर्षीय सरोज महतविरूद्ध महानगरीय प्रहरी परिसर, हनुमानढोका काठमाडौँमा पीडितले साउन १५ गते जाहेरी दर्ता गरेकी छन् । आरोपितले साउन १० गते दिउँसो कालिमाटीस्थित दिदीको घरमा पुर्‍याई पीडित युवतीलाई दिउँसो १२ बजेतिर जबर्जस्ती बलात्कार गरेका थिए । घटनाको जाहेरीसँगै हनुमानढोकाले यस मुद्दालाई महानगरीय प्रहरी परिसर अर्न्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीमा रिफर गरेको छ । जाहेरी दर्तासँगै सेवा केन्द्रले आरोपितलाई गिरफ्तार गर्न प्रहरीको टोलीलाई निर्देशन दिइसकेको सेवा केन्द्रकी इन्स्पेक्टर सुशीला प्रधानले बताइन् । पीडितलाई आजै थापाथलीस्थित प्रसुति गृहमा स्वास्थ्य परीक्षणका लागि पठाइएको छ । कक्षा १२ को परीक्षा दिइ नजिताको पर्खाइमा रहेकी पीडित युवतीको फेसबुकबाट चिनजान भएको आधारमा साउन ९ गते आरोपितसँग भेट भएको थियो । भेटका क्रममा फेसबुकबाट डाउनलोड गरेको आफ्ना फोटोहरू देखाउँदै अरोपितले ललितपुरस्थित ग्वार्को सिनेमा हल जाँउ भनि भनेको र तवमात्र फोटोहरू डिलेट गरीदिने भनि ब्याकमेलिङ्ग गरेको पीडितले बताइन् । त्यसपछि आफु डराई-डराई चलचित्र हेर्न सिनेमा हल गएको र फर्किदा राति ८ बजेर ३० मिनेटमा आरोपित आफ्नो मोवाईल, पर्स खोसी राति भएको भनी आफ्नो दिदीको घर भनी कालिमाटीमा जबर्जस्ती पुर्‍याएको पीडितको आरोप छ । दिदीले पनि भाईको साथी भन्दै राम्रै व्यवहार गरेको तर भोलिपल्ट बिहान दिदी बजार गएको बेला पारी आरोपितले आफूमाथि जर्बजस्ती बलात्कार गरेको पीडितले बताइन् । हाल पीडित मानवअधिकार संस्था पिपिआर नेपालको संरक्षणमा रहेकी छन् ।

0 Comments

Related Reports
Related Trend Analysis