Incident Reports

डडेल्धुरामा कांग्रेसको भेलामा झडप

2021-10-03

धनगढी– डडेल्धुरामा आयोजित कांग्रेसको भेलामा झडप भएको छ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा आइतबार दिउसो कांग्रेसकै दुई पक्षबीच झडप भएको हो। झडपमा परी ६ जना घाइते भएका प्रहरीले जनाएको छ।

केन्द्रीय सदस्य अर्जुनरसिंह केसी, डा शेखर कोइराला र गुरुराज घिमिरे सहभागी भेलामा झडप भएको हो।

कार्यक्रम भइरहेका बेला देउवा पक्षले हस्तक्षेप गर्न खोजेपछि झडप भएको जिल्ला सभापति कर्ण मल्ल पक्षले आरोप लगाएको छ। झडपपछि पनि कार्यक्रम भने जारी रहेको छ।

जिल्ला सभापति कर्ण मल्ल समूहले विरोध जनाए पनि वडा अधिवेशन र पालिका अधिवेशन भएपछि जिल्लामा कांग्रेसको विवाद बढ्दै गएको हो। मल्ल समूहले नै आमसभा आयोजना गरेको हो। उनीहरुले अधिवेशन फेरि हुनुपर्ने माग गरेका छन्।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people Not Available
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people Not Available
Actor 2 - Affiliation Nepali Congress and affiliated org
Actor 2 - Youth na
Total Injured 6
National/Online Media

0 Comments