Incident Reports

थाहा खबर: विप्लवका म्याग्दी इन्चार्जविरुद्ध पक्राउ पूर्जी : जिल्ला प्रशासनमा धर्ना

2021-10-04

म्याग्दी : नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का केन्द्रीय सदस्य तथा म्याग्दी बागलुङ इन्चार्ज ध्रुव घिमिरे (विप्लव) को नाममा जिल्ला अदालत म्याग्दीले ३५ दिने पक्राउ पूर्जी जारी गरेको विरोधमा म्याग्दीमा प्रदर्शन भएको छ। तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको पूर्ववर्ती सरकार र नेकपा विप्लवबीच भएको ३ बुँदे सहमतिविपरीत पूर्जी जारी गरेको भन्दै यसविरुद्ध नेकपा विप्लवले सोमबार जिल्ला प्रशासन कार्यालय म्याग्दीमा धर्ना र प्रदर्शन गरेको हो।सरकार–विप्लव नेकपाबीच भएको ३ बुँदे सहमतिविपरीत घिमिरेको नाममा सार्वजनिक सम्पत्ति विनाश गरेको अभियोगमा २०७८ असोज ११ गतेको आदेशबमोजिम भन्दै अदालतका कर्मचारीले वडा कार्यालयमा पक्राउ पूर्जी बुझाएका थिए।नेकपा विप्लव शान्ति प्रक्रियामा आइसकेको अवस्थामा जारी पक्राउ पूर्जीले ३ बुँदे सहमतिको ठाडो उल्लंघन भएको नेकपाले जनाएको छ।यसविरुद्ध नेकपा विप्लवले तीनबुँदे सहमति यथाशीघ्र कार्यान्वयनको माग गर्दै दबाबमूलक आन्दोलन सुरु गरेको छ।नेकपा म्याग्दीका नेता कार्यकर्ताले सोमबार जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना दिए। नेकपाका केन्द्रीय सदस्य एवं म्याग्दी इन्चार्ज ध्रुव घिमिरेको नेतृत्वमा पार्टीका नेता तथा कार्यकर्ताले दिउँसो १ बजेदेखि २ बजेसम्म जिल्ला प्रशासन अगाडि धर्ना दिए।नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारसँग भएको तीनबुँदे सहमति यथाशीघ्र कार्यान्वयन गर्न सोमबार माग गरेका छन्। पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै विप्लवले विशेष कार्यदल गठन गरेर सहमति कार्यान्वयन गर्न माग गरेका हुन्।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments