Incident Reports

अखिल क्रान्तिकारीको बन्द सत्रमा झडप, २ समूहका विद्यार्थीबीच कुर्सी हानाहान

2021-10-04

काठमाडौं– नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको बन्द सत्रमा झडप भएको छ। केन्द्रीय नेतृत्व चयन भइ घोषणा गर्ने तयारी भइरहेका बेला विद्यार्थीहरुबीच नै झडप भएको हो। सम्मेलनबाट नेतृत्व घोषणा गर्ने बेला असन्तुष्ट समूहका विद्यार्थीले नाराबाजी गरेका थिए। हो–हल्लाकै बीच चयन भएका पदाधिकारीको नाम घोषणा गर्न थालिएपछि विद्यार्थीहरुले तोडफोड गर्दै कुर्सी प्रहार गरेका हुन्। राष्ट्रिय सम्मेलन अगाडिको समितिका कोषाध्यक्ष केशव रावल पक्षका विद्यार्थीले नाराबाजी र तोडफोड गरेका हुन्। विधान विपरीत केन्द्रीय समितिको संख्या बढाएको भन्दै रावल पक्षले विरोध जनाएको हो। पार्टी नेतृत्वले हस्तक्षेप गरी अध्यक्षसहितका पदाधिकारी तोक्ने भए केन्द्रीय समिति नै पार्टी नेतृत्वले तोक्नुपर्ने पनि असन्तुष्ट समूहका विद्यार्थीहरुको भनाइ छ। 


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Vandalism
Weapons Other
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people Not Available
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Entity CPNM-MC
Actor 1 - Youth youth
Actor 2 - Number of people Not Available
Actor 2 - Affiliation CPN (Maoist Center) and affiliated org
Actor 2 - Entity CPNM-MC
Actor 2 - Youth youth
National/Online Media

0 Comments