Incident Reports

बुढानिलकण्ठमा चक्कुले हानेर युवकको हत्या | Ratopati

2021-10-04

Bagmati, Kathmandu, Budhanilakantha, Ward 8

काठमाडौंको बुढानिलकण्ठमा चक्कुले हानेर एकजना युवकको हत्या भएको छ । चक्कु प्रहारबाट मोरङ घर भएका ३० वर्षीय राज खड्काको मृत्यु भएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सुशील सिंह राठौरले रातोपाटीलाई बताए । इन्टरनेट राख्ने विषयमा विवाद हुँदा ताप्लेजुङ घर भएका ३५ वर्षीय प्रदिप लिम्बुले उनलाई चक्कुले हानेका थिए । मापसे गरेका प्रदिप र राजको बीचमा विवाद भएको थियो । हत्या आरोपी प्रदीपलाई पक्राउ गरिएको एसपी राठौरले बताए । बुढानिलकण्ठ नगरपालिका–८ स्थित भंगालमा उनीहरु डेरामा बस्ने छिमेकी हुन् । चक्कु प्रहारबाट गम्भीर घाइते भएका राजको उपचारको क्रममा चुनिखेलस्थित करुणा अस्पतालमा मृत्यु भएको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports