Incident Reports

थाहा खबर: जनकपुरधाममा चीनविरुद्ध प्रदर्शन

2021-10-04

Madhes, Dhanusha, Janakpur

जनकपुरधाम : जनकपुरधाममा लोकतान्त्रिक युवा संघ धनुषाले चीनविरुद्ध प्रदर्शन गरेका छन्। लोकतान्त्रिक युवा संघ धनुषाले सोमबार चीनले नेपालको हुम्ला जिल्लाको लाप्चासहित विभिन्न जिल्ला र विभिन्न ठाउँमा नेपाली भूमि अतिक्रमण गरेको भन्दै प्रदर्शन गरेको हो।चीनले नेपालको भूभाग मिच्दै नेपाललाई अस्थिरतातिर धकेल्न खोजेको नाराबाजी गर्दै संघले प्रदर्शन गरेको हो। चीनले १२ नं. सीमास्तम्भसमेत सारेको एक प्रदर्शनकारी प्रशान्त झाले बताए।चीनले नेपाली भूमिमा भौतिक संरचना निर्माणसमेत गरेको लोकतांत्रिक युवा संघले आरोप लगाएको छ। विरोध प्रदर्शनका क्रममा चिनियाँ विस्तारवाद मुर्दावाद, नेपाली भूमि अतिक्रमण बन्द गर, अतिक्रमित हाम्रो भूमि फिर्ता गर, छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर जस्ता नारा लगाइएका थिए। 


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Lokatantrik Samajwadi Party (LoSaPa)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Foreign State
Actor 2 - Youth unknown
National/Online Media

0 Comments