Incident Reports

विप्लव मकवानपुरद्वारा प्रशासन कार्यालय अगाडी धर्ना - Khabar Break

2021-10-04

हेटौंडा । तीन बुँदे सहमति कार्यान्वयनमा सरकारले ढिलाइ गरेको भन्दै नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले सोमबार जिल्ला प्रशासन कार्यालय मकवानपुर अगाडी धर्ना दिएको छ ।तीन बुँदे सहमति कार्यान्वयन गर्ने सन्दर्भमा सरकारलाई पटक पटक ध्यानाकर्षण भएपनि नतिजा नआएपछि धर्ना बस्नुपरेको पार्टी केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज इन्द्र बहादुर परियार (नयन) ले बताए ।

तत्कालीन केपी ओली नेतृत्वको सरकारसँग गत फागुन २१ गते ३ बुँदे सहमति गरेर विप्लव शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेका थिए । तर सहमतिको ७ महिना बित्न लाग्दा पनि सहमति कार्यान्वयनमा कुनै प्रगति हुन नसकेपछि उनिहरु असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।केपी ओली नेतृत्वको सरकार रहुन्जेलसम्म पनि विविध बहाना बनाएर माग पूरा नभएको र देउवा सरकार बनेको ३ महिना हुन लाग्दा पनि केही प्रगति नभएपछि आज त्यसको विरोध स्वस्प देशभरका जिल्ला प्रशासन कार्यालय आगाडी धर्ना गर्ने कार्यक्रम अन्तरर्गत मकवानपुरमा पनि धर्ना बसेको कार्यक्रममा जानकारी गराईएको थियो ।



Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other political issues
Actor 1 - Number of people Not Available
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people Not Available
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments