Incident Reports

अपहरण गरी शरीर बन्धक बनाएको घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

2021-09-28

Madhes, Saptari, Rajbiraj, Ward 1

राजविराज नगरपालिका–१ पडरियाका २३ वर्षीय अजयकुमार दासलाई अपहरण गरी शरीर बन्धक बनाएको आरोपमा सोही ठाउँका २९ वर्षीय रसिद मियाँ, २८ वर्षीय मुस्ताक मियाँ, २७ वर्षीय नजान मियाँ र राजविराज नगरपालिका–८ पानी ट्याङ्कीका २८ वर्षीय गफार मियाँविरुद्ध जिल्ला प्रहरी कार्यालयले असोज १८ गते उजुरी दर्ता गरेको छ ।

राजविराज नगरपालिका–८ कञ्चनरुप रोडको गुलाब ग्यारेजस्थित बाटोमा असोज १२ गते राति आरोपितहरूले घेरा हाली हातहतियार देखाएर कुटपिट गर्दै अपहरण गरी शरीर बन्धक बनाएको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा असोज १७ गते उजुरी दिनुभएको थियो । उजुरीका साथ पीडितले प्रहरीसमक्ष प्रमाणस्वरुप आरोपितहरूबाट बाँसको खुटामा डोरीले बाँधेर पानी खन्याउँदै कुटपिट गरेको भिडियो पेश गर्नुभएको छ । डोरीले हात बाँध घिसार्दै गम्छाले मुख छोपी बोल्न, कराउन नदिइ ३ सय मिटर दुरीमा रहेको कुखुरा फारममा लगी बन्धक बनाएको पीडितले बताउनु भयो ।

आरोपितहरुको पञ्जाबाट बल प्रयोग गरी भाग्न सफल भएर पीडितले प्रहरीलाई खबर गरेको बताउनु भयो । पीडितको उपचार असोज १३ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भएको छ । आरोपितहरूको खोजी कार्य भइरहेको डिएसपी माधवप्रसाद काफ्लेले बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments

Related Reports