Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-10-04

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४५ वर्षीय बुबालाई असोज १८ गते गिरफ्तार गरेको छ । पीडितलाई असोज १३ गते आरोपितले यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी भाउजुले इलाका प्रहरी कार्यालय कडरबोनामा असोज १४ गते उजुरी दिएकी थिइन् । रोइकराई गुहार गरेपछि बलात्कार हुनबाट जोगिएको पीडितले बताएकी छन् । पीडितकी आमाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा असोज १४ गते गरिएको छ । इलाका प्रहरी कार्यालय कडरबोनाले आरोपितविरूद्ध असोज १४ गते उजुरी दर्ता गरी आरोपितलाई गिरफ्तार गरेर कारवाही प्रकृया अगाडि बढाएको इन्स्पेक्टर वीरेन्द्रकुमार पासवानले बताउनु भयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
INSEC

0 Comments