Incident Reports

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-10-06

२३ वर्षीया महिलालाई बेचबिखन गर्न लैजान लागेको आरोपमा प्रहरीले भारतको बिहार राज्य पूर्वी चम्पारण थाना पलनवा, पोष्ट भेलाही, मुसहर्वा ग्रामपञ्चायत वडा नं. ३ घर भएका ३२ वर्षीय रेयान खान भन्ने मुन्ना आलमलाई असोज २० गते गिरफ्तार गरेको छ ।सशस्त्र प्रहरी बलले वीरगंज महानगरपालिका–१७ अलौंबाट खानलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको हो । सशस्त्र प्रहरीले पीडित र आरोपितलाई जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएपछि सोधपुछ गर्दा नुवाकोट जिल्ला घर भएकी २३ वर्षीया महिलालाई मुन्ना आलमले फेसबुकमार्फत चिनजान गरी आफू पहिल्यै विवाहित भएको तथ्य लुकाएर ‘प्रेम सम्बन्ध’ राखी विवाह गर्ने बहानामा नारायणगढ, चितवन बोलाएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ओमप्रकाश खनालले बताउनु भयो ।जिल्ला प्रहरी कार्यालय पर्साले पीडित महिलाबाट उजुरी लिई अनुसन्धान थालेको जनाएको छ ।

0 Comments