Incident Reports

विद्यार्थीले आत्महत्या गरेपछि विद्यालयका प्रिन्सिपल पक्राउ, दुर्व्यवहार गरेको आरोप – Online Khabar

2021-07-22

Lumbini, Banke, Baijanath

२२ असोज, काठमाडों । बाँकेको बैजनाथ गाउँपालिका-१ स्थित दीपज्योति स्कुलका प्रधानाध्यापक ४० वर्षीय दमन पाण्डे पक्राउ परेका छन् ।दीपज्योति स्कुलबाट एसईई परीक्षा दिएकी १७ वर्षीया विद्यार्थी एलिसा शाहले ७ साउनमा गभरस्थित घरमा सलको पासोमा झुण्डिएर आत्महत्या गरेकी थिइन् । घटनाको एक सातापछि पीडितले दिएको जाहेरीका आधारमा शिक्षक पक्राउ परेका हुन् ।

प्रहरीले एलिसाले लेखेको सुसाइड नोट पनि बरामद गरेको छ, जसमा ‘हजुरको नाक काट्नुभन्दा बरु म आफैं मर्छु’ भनिएको छ । नोटको अन्तिममा उनले आफूलाई धेरै डर लागिरहेको पनि उल्लेख गरेकी छन् ।

म्यासेन्जरमा भएको कुराकानी हेर्दा एसईई दिएको विद्यालयका प्रधानाध्यापक पाण्डेसँग लामो समयदेखि ‘अस्वाभाविक कुराकानी’ भएको देखिएको उनको भनाइ छ । एलिसा कक्षा ११ मा  रामजानकी उच्च माविमा पढिरहेकी थिइन्, तर पाण्डेले त्यहाँ पनि अध्यापन गराउने गरेको देखिएको छ ।

‘प्रिन्सिपल र शिक्षकजस्तो मर्यादित र सम्मानित पदमा कार्यरत पाण्डेले निःशुल्क ड्रेस र पुस्तक उपलब्ध गराइदिने, मोबाइलमा रिचार्ज गरिदिने, ल्यापटप किन्ने आश्वासन दिने गरेको पनि देखियो,’ एलिसाका बुबाले भनेका छन् ।

एक अनुसन्धान अधिकृतका अनुसार पनि फेसबुकमा शिक्षक पाण्डेले ‘तिमी मेरो लागि विशेष छौं, मिस यू, तिमी मलाई विश्वास गर्छौं होला, फोटो पठाइदेउ,’ जस्ता म्यासेजहरु गरेका छन् । ती म्यासेजबाट नाबालिक छोरीलाई ललाईफकाई झुक्याएर यौन शोषण समेत गरेको  शाहको परिवारका सदस्यहरुको दाबी छ ।

प्रहरीका अनुसार पाण्डेले मृतकलाई ‘रेडमी नोट ९’ मोबाइल पनि किनिदिएको खुलेको छ ।

मुलुकी अपराध संहिताले नाबालिकसँग सहमतिमै शारीरिक सम्बन्ध भएपनि त्यसलाई जबरजस्ती करणी मानेको छ । तर पीडितले आत्महत्या गरिसकेको अवस्थामा जबरजस्ती करणीको कसूरलाई स्थापित गर्न गाह्रो हुने कानूनका जानकारहरुले बताएका छन् ।

पहिलेभन्दा फरक प्रकृतिको घटना भएकाले प्रहरीले चाहिं सरकारी वकिलसँग समन्वय गरिरहेको छ । एक वकिलका अनुसार बालिका जीवित भएको भए उनको बयान र शारीरिक परीक्षणबाट बलात्कार भए/नभएको पुष्टि गर्न सकिन्थ्यो ।

शिक्षक पाण्डेलाई शुक्रबार पक्राउ गर्न प्रहरी जाँदा स्थानीयले जुत्ताको माला लगाइदिने प्रयास गरेका थिए । त्यसक्रममा आक्रोशित स्थानीय र प्रहरीबीच घम्साघम्सीसमेत भयो ।

प्रदर्शनमा संलग्नहरुले सत्यतथ्य छानबिन गरेर दोषीमाथि कारबाही गर्न माग गरेका छन् । डीएसपी खनालले अनुसन्धानमा प्रहरीले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Secondary Form Suicide
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
National/Online Media

0 Comments