Incident Reports

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा सुरेश पक्राउ - Pokhara News

2021-09-21

Karnali, Surkhet, Birendranagar, Ward 3

पाेखरा न्यूज । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा सुरेश नेपाली  पक्राउ परेका छन् । आफ्नै श्रीमती ४० वर्षीया कमला नेपालीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिका-३ रातोपुल बस्ने ५० वर्षीय सुरेश नेपालीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । सुरेशले गत असोज ५ गते कुटपिट गर्दा गम्भीर घाइते भएकी कमलाको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले सुरेशलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments