Narahari Sapkota
२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा हर्मी गाविस-१ बयापानीका ३८ वर्षीय चिनकाजी रसाईलीलाई साउन १९ गते प्रहरीले गिरफ्तार गरेको छ ।
खेतमा काम गर्न गएका बेला साउन १७ गते आफूलाई जबरजस्ती बलात्कार गरेको भन्दै पीडित महिलाले साउन १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
उजुरीपछि प्रहरीले आरोपित रर्साईलीलाई गिरफ्तार गरी जबरजस्ती करणी मुद्दामा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर दीपक श्रेष्ठले बताए । रर्साईली नेकपा-माओवादीका जिल्ला स्तरीय कार्यकर्ता समेत रहेको प्रहरीले बतायो ।
नरहरि सापकोटा