Incident Reports

मोतिपुर औधोगिक क्षेत्रमा सुकुम्बासी र प्रहरीबीच झडप हुँदा ४ जनाको मृत्यु, दुई दर्जनभन्दा बढी घाइते

2021-10-10

बुटवल– रुपन्देहीको मोतीपूर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप भएको छ। अहिले मोतीपुर क्षेत्र तनावग्रस्त छ। प्रशासनले अतिक्रमण भएको औद्योगिक क्षेत्रको जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा तनाव सिर्जना भएको हो।प्रहरीले अस्थायी रुपमा बनाइएका टहराहरु भत्काउन खोज्दा झडप भएको छ। झडपमा परी दुई जना घाइते भएका छन्। दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।झडपमा प्रहरीले अत्यधिक बल प्रयोग गरी दुई राउण्ड गोली चलाएको स्थानीयले आरोप लगाएका छन्। राति १ बजे घर घेराउ गरी स्थानीय ३१ वर्षीय हिमाल रानालाई प्रहरीले पक्राउ गरेको पनि स्थानीयको आरोप छ।

बुटवल वडा नं १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो। प्रशासनले तीन दिनदेखि रातिमा टहराहरु भत्काइदिँदै आएको थियो। तर त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले आज बल प्रयोग गरेको हो।जग्गामा गत चैतमा औद्योगिक क्षेत्रको शिलान्याश गर्दा स्थानीयले सशक्त विरोध गरेका थिए।

..

बुटवल । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी समूह र प्रहरीबीच झडप हुँदा ४ जनाले ज्यान गुमाएका छन् ।प्रहरीको गोली लागेर घाइते भएका सुकुम्बासी समूहका तीन जनालाई अस्पताल लैजाने क्रममा मृत्यु भएको भैरहवाको युनिभर्सल मेडिकल कलेजले जनाएको हो ।

अस्पतालका अनुसार तीनै जनाको नाम, थर र वतन खूलेको छैन । मृत्यु हुनेहरुमा २ जना ४० वर्षीय पुरुष रहेका छन् भने एक जना २० वर्षीय पुरुष रहेका छन् । एक जना मृतककाे भने पहिचान खुलेकाे अस्पतलाले जनाएकाे छ ।अस्पतालका अनुसार ४० वर्षीय र २० वर्षीय पुरुषको साढे ५ बजे उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

कपिलवस्तुको बाणगंगा नगरपालिका १० का ४८ वर्षीय रमेश परियारको भैरहवाको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको छ ।

बाँकी तीन जनाको भने पहिचान खुल्न बाँकी रहेको छ । घटनामा दुई दर्जनभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।अतिक्रमण भएको औद्योगिक क्षेत्रको जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा तनावको स्थिति सिर्जना भएको प्रहरीले जनाएको छ । तर, स्थानीय भने आफूहरुले वर्षाैदेखि उपभोग गरेको जग्गामा थाहै नदिई औद्योगिक क्षेत्र बनाउन लागेको भन्दै विरोधमा उत्रिएका छन् ।

प्रहरीले शनिबार राति १ बजे घर घेराउ गरी स्थानीय ३१ वर्षीय हिमाल रानालाई पक्राउ गरेपछि आक्रोशित स्थानीयहरु भौतिक आक्रमणमै उत्रिएका थिए।

चैतमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले औद्योगिक क्षेत्रको शिलान्याश गर्दा स्थानीयले विरोध गर्दै ढुंगामुढा गरेर कार्यक्रम बिथोलेका थिए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons None
Primary Cause Access/control of public land
Actor 1 - Number of people 14
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 10
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
Total Killed 4
Female Killed n/a
Youth Killed 1
Total Injured 10
Female Injured n/a
Youth Injured n/a
National/Online Media

0 Comments