Incident Reports

चन्दा नदिएको भन्दै बेनीका प्रशासकीय अधिकृतमाथि आक्रमण प्रयास- समाचार - कान्तिपुर समाचार

2021-10-10

Gandaki, Myagdi, Beni

म्याग्दी — बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले चन्दा नदिएको आरोपमा नेत्रवित्रम चन्द समूहका कार्यकर्ताबाट आफूमाथि आक्रमण भएको बताएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत सुवेदीका अनुसार आइतबार मध्यान्ह करिव १२ बजे केही जनप्रतिनिधि र सेवाग्राहीसहित कार्यकक्षमा बसिरहँदा उनीमाथि ५ जनाको संख्यामा आएका चन्द समूहका कार्यकर्ताले प्लास्टिकको झोलामा लगेको गाडीमा प्रयोग हुने मोबिल छ्यापेका थिए । परैबाट फालेको मोबिल सुवेदीको शरीरमा पर्नुका साथै भित्ता र भुइँभर छरिएको थियो ।

‘केही जनप्रतिनिधि, सेवाग्राहीसँग कामको विषयमा छलफल चल्दै थियो, एक्कासी आएर एक जनाले प्लास्टिकबाट केही झिकेर फाल्यो, म कोल्टे परें र आँखामा पर्नबाट जोगियो’ प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले भने, ‘प्रतिबन्धित समयदेखि नै पटक–पटक मसँग चन्दा मागेका थिए । मैले संस्थागत तोकिएको रकम दिन सक्दिनँ, व्यक्तिगत रुपमा धेरथोर दिन्छु भनेको थिएँ । र चन्दा माग भईआएको विषय जानकारी नगरकार्यपालिकाको बैठममा राखेको पनि थिएँ ।’

मोबिल छ्यापेर भाग्ने क्रममा मुगुको खत्याड गाउँपालिका, ४ का विजय बिक नाम गरेका एक जनालाई सेवाग्राही, जनप्रतिनिधि र कर्मचारीले ढोकामै समात्न भ्याएका थिए । बिक हाल नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । बिकले बोकेको झोलाबाट २ लाख ५३ हजार चन्दा संकलन गरिएको ‘युवा संगठन नेपाल, केन्द्रीय समिति’ लेखेको ‘विशेष सहयोग रसिद’को एक ठेली, मोबाइल सेट, घडी र राष्ट्रघाती एमसीसी सम्झौता खारेज गरौँ लेखिएको पर्चा बरामद भएको जनाएको छ ।

‘चन्द समूह आवद्ध युवा संगठनको सहयोग रसिद र पर्चासहित एक जना नियन्त्रणमा लिएका छौँ । थप अनुसन्धानपछि थप विवरण भन्न सकिन्छ’ जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले भने, ‘सबै कार्यालय र धेरै हाई प्रोफाइलसँग चन्दा माग्ने गरेको सुनिएको छ । यसबारे अनुसन्धान गर्छौँ ।’

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Other political issues
Actor 1 - Number of people 5
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments